राष्ट्रिय वाणिज्य बैंक कनेक्ट आईपीएस प्रणालीमा

राष्ट्रिय वाणिज्य बैंक कनेक्ट आईपीएस प्रणालीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रबर्द्धित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरूमा राष्ट्रको सबैभन्दा ठूलो सरकारी निकायको बैंक, राष्ट्रिय वाणिज्य बैंकलाई पनि आबद्ध गराई आइतबारबाट कारोबार सञ्चालनमा ल्याएइको छ ।

सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका हजारौं ग्राहकहरूले पनि अब यस डिजिटल भुक्तानी प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानीे कारोबारहरू गर्न सक्ने बताइएको छ । कम्पनीले प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्ने जनाएको छ ।

Skip This
Skip This
Logo