ग्लोबल आईएमई बैंकका ३ वटा नयाँ शाखा सञ्चालनमा

ग्लोबल आईएमई बैंकका ३ वटा नयाँ शाखा सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

ग्लोबल आईएमई बैंकले तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका–१, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका–६, नयाँ बजार र खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका–१, दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या १४० पुगेको पनि बैंकले जानकारी दिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, १ सय ४८ एटीएम, १ सय ७९ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको तथा अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिना धितो प्रोफेसनल कर्जा पनि प्रदान गर्दै आइरहेको पनि बैंकले जनायो ।

Skip This
Skip This
Logo