काठमाडौँ,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । गएराती १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा ५० पैसा बढाएको छ ।
अब उपभोक्तालाई काठमाडौंमा पेट्रोल १ सय ९ रुपैयाँ र डिजेल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
त्यस्तै निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ । अब उपभोक्ताले ग्यास १३ सय ७५ रुपैयाँमा पाउनेछन्। यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो।





























प्रतिक्रिया