राैतहटमा खसीकाे मासु ९०० रुपैयाँमै पाइने, बढीमा बिक्रि गरे ५१ हजार जरिवाना 

राैतहटमा खसीकाे मासु ९०० रुपैयाँमै पाइने, बढीमा बिक्रि गरे ५१ हजार जरिवाना 

केन्द्रबिन्दु
0
Shares

रौतहट । रौतहटको  जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा निर्धारित दर भाउ भन्दा बढीमा खसीको मासुको बिक्री गर्ने व्यवसायीलाई कार्वाही हुने निर्णय गरिएको छ।

बजार क्षेत्रमा केही व्यवसायीले मनपरी दरभाउमा खसीको मासु बिक्री गरेको पाइए पनि खसीको मासुको मूल्य निर्धारण गरिएको छ । स्थानिय खसीको मासु ब्यवसायी र उद्योग बाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासुको दुईथरीको भाउ निर्धारण गरेको छ।

आन्द्रा भुँडी समेतको प्रतिकिलो खसीको ताजा मासु प्रतिकिलो ९०० रुपैयाँ र आन्द्रा भुँडी नभएको मासु प्रतिकिलो ९५० को दरले बिक्री गर्नु पर्ने निर्णय भएको छ। निर्धारित दर भन्दा बढी भाउमा बिक्रि बितरण गर्ने ब्यवसायीलाई ५१ हजार रुपैयाँ जरिवाना गरिने उद्योग बाणीज्य संघ गरुडाका अध्यक्ष सतीश कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

पछिल्लो समय गरुडा बजार क्षेत्रअन्तर्गत केही व्यवसायीले मनपरी भाउमा खसीको मासु बिक्रि गरिरहेको गुनासो बढेपछि संघले उक्त पहल गरेको हो । गरुडा बजार क्षेत्रमा खसीको मासुको भाउ निर्धारण गरिए पनि सदरमुकाम गौर, कटहरिया लगायतको बजारमा हुन सकेको छैन। 

Skip This
Skip This
Logo