ब्ल्याक एण्ड डेकरकाे ‘भ्यालेन्टाइन्स डे’ क्याम्पेन सार्वजनिक

ब्ल्याक एण्ड डेकरकाे ‘भ्यालेन्टाइन्स डे’ क्याम्पेन सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले नजिकिँदै गरेको ‘भ्यालेन्टाइन्स डे’ का लागि ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन ल्याएको छ ।

११४ वर्षको लामो इतिहास बोकेको अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले ‘भ्यालेन्टाइन्स डे’ का लागि ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन ल्याएको हो । क्याम्पेनअन्तर्गत ग्राहकले आफू अथवा आफ्नो नजिकको व्यक्तिको लागि ब्लाक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन् ।

अन्तरराष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु अत्यन्तै स्टाइलिश, टिकाउ र भरपर्दो भएका हुनाले आफ्नो नजिकको व्यक्तिलाई गिफ्ट दिन अत्यन्त प्रभावकारी र उपयोगी हुने कम्पनीको भनाइ छ ।

त्यस्तै, ब्लाक एण्ड डेकरले सामाजिक सन्जालमा एक प्रतियोगिता पनि आयोजना गरेको छ । प्रयोगकर्ताले प्रतियोगिता पोस्टमा आफ्नो जोडीको फोटो कमेन्ट गर्नुपर्नेछ र पोस्ट लाइक शेयर गर्नु पर्नेछ र जसमध्ये एक भाग्यशाली बिजेताले ब्लाक एण्ड डेकरको कफि मेकर जित्न सक्नेछन् ।

ब्लाक एण्ड डेकरको बिशाल प्रोडक्ट रेन्जमा एयर फ्राइर, इलेक्ट्रिक ओभन, टोस्टर ओभन(ओटीजी), इलेक्ट्रिक प्रेसर कूकर, एअर ह्युमिडिफायर, जुसर, ब्लेन्डर, मिक्सर, मिन्सर, भ्याकुम क्लिनर, गार्मेन्ट स्टिमर, स्टिम मोप, ओएफआर हिटर, फ्यान हिटर, कफी मेकर, कित्ली जस्ता थुप्रै एप्लायन्सहरु रहेका छन् ।

ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ ।

ब्लाक एण्ड डेकरले आफ्नो सम्पूर्ण उत्पादनहरुमा २४ महिनाको वारेन्टी उपलब्ध गरेको छ भने नेपालभरी आफ्नो ४० वटा भन्दा बढी सर्भिस सेन्टरहरुबाट बिक्री उप्रान्त सेवाहरु छिटो छरितो रुपमा प्रदान गरिरहेको जनाएको छ ।

नेपालभर ब्लाक एण्ड डेकर ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप रहेको छ ।

Skip This
Skip This
Logo