दीगो ग्रुपले मुल्कोटमा सुरू गर्‍यो ईभी चार्जिङ स्टेशनसहितको ई-स्टप

दीगो ग्रुपले मुल्कोटमा सुरू गर्‍यो ईभी चार्जिङ स्टेशनसहितको ई-स्टप

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। दिगो ग्रुप अफ कम्पनीले रामटार, मुलकोटमा ईभी चार्जिङ स्टेशन र रेस्टुरेन्टसहितको पहिलो ‘दिगो ई–स्टप स्थापना गरेको छ। कम्पनीले दिगो ई–स्टपलाई ईभी चार्जिङ स्टेशनहरुसँग रेष्टुरेन्ट सुविधाहरुको संयाेजन गर्दै यो अवधारणाको विकास गरेकाे जनाएको छ।

विद्युतीय सवारीसाधन(ईभी) चार्जिङ स्टेसनमा परिवारमैत्री रेष्टुरेन्टहरू, सफा शौचालय र उच्च गतिको वाईफाई सेवा जस्ता सुविधाहरू उपलब्ध हुने कम्पनीले जनाएको छ। विपी सडकमार्गको यात्रुहरुलाई ध्यानमा राखेर मुलकोटमा स्थापना गरिएको दिगो ई–स्टपले यात्रुहरुको अपेक्षा पुरा गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ।

रणनीतिक रूपमा मुलकोटमा अवस्थित दीगो ई-स्टपले लामो दुरीको सडक यात्रामा क्रान्ति ल्याउने कम्पनीको प्रतिबद्धता छ।दीगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझीले नेपालभरका राजमार्गहरूमा ई-स्टपहरुको विस्तार गर्ने र विद्युतीय यातायात प्रवर्द्धनका साथै राजमार्गहरूमा सफा र स्वच्छतापूर्ण विश्राम स्टपहरू उपलब्ध गराउने बताए।

Skip This
Skip This
Logo