राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान

राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दर्खास्त आह्वान गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हाे।

दर्खास्त दिनका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए आठ वर्ष एवम् दुवै क्षेत्रमा भए मामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्नेछ।

यसका साथै चार्टर्ड एकाउन्टेन्स वा सोही विषयहरूमा स्नातक उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक–वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएका हुनुपर्नेछ।

दर्खास्त दिँदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा पाँच हजार शब्द नबढ्ने गरी व्यावसायिक कार्य योजनाको चार प्रति खामबन्दी गरी कम्पनी सचिवसमक्ष पेश गर्नु पर्ने सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचनामा उल्लेख छ।

हेर्नुस् सूचना :

Skip This
Skip This
Logo