हिमालयन रिले हकप्रद सेयर जारी गर्दै

हिमालयन रिले हकप्रद सेयर जारी गर्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। हिमालयन रिइन्स्यारेन्य कम्पनीले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको माघ २६ गते बसेको बैठकले ४ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरि तेश्रो बार्षिक साधारण सभा आव्हान गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७९-८० का लागि प्रस्तावित कुल ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतले हुने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो। हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ।

फागुन २० गते तेश्रो साधारण सभा डाकेको कम्पनीले सोही सभाबाट ४ प्रतिशत बोनस सेयर पारित गर्ने र सो बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

कम्पनीले फागुन ७ गतेका लागि बुक क्लोजको मिति तोकेको छ। सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीतर्फको रिक्त रहेको १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्नेछ।

Skip This
Skip This
Logo