राष्ट्रिय वाणिज्य बैंकको ‘मेरो घर कर्जा’ ब्याजदर एकल अङ्कमा

राष्ट्रिय वाणिज्य बैंकको ‘मेरो घर कर्जा’ ब्याजदर एकल अङ्कमा

केन्द्रबिन्दु
198
Shares

काठमाडाैँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम ‘मेरो घर कर्जा’ योजना ल्याएको छ ।

घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्नका लागि अधिकतम पाँच करोड रुपैयाँसम्म दिइने ‘मेरो घर कर्जा’को ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने छ।

कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ । हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ ।

कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिनेछ ।

Skip This
Skip This
Logo