४४ प्रतिशतले घट्यो हिमालयन डिस्टिलरीको नाफा

४४ प्रतिशतले घट्यो हिमालयन डिस्टिलरीको नाफा

केन्द्रबिन्दु
56
Shares

मदिरा उत्पादक तथा वितरक कम्पनी हिमालयन डिस्टिलरीको नाफामा गिरावट आएको छ ।

कम्पनीले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १६ करोड ३६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा गत वर्षको तुलनामा ४४.३८ प्रतिशत कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ४२ लाख बढी नाफा कमाएको थियो ।

कम्पनीको खुद बिक्री आम्दानी २६.१५ प्रतिशत अर्थात् ३३ करोड ८४ लाख रुपैयाँले घटेको छ । गत वर्ष कम्पनीले १ अर्ब २९ करोड ४४ लाख बढी बिक्री आम्दानी गरेको थियो । तर, यो वर्ष भने कम्पनीको आम्दानी ९५ करोड ५९ लाख रुपैयाँमा सिमित भएको हाे ।

कम्पनीको सञ्चालन आम्दानी नै घटेपछि नाफामा उच्च गिरावट देखिएको हो । यस्तो सञ्चालन आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ८९ करोडमा खुम्चिएको छ ।

कम्पनीको नाफा घट्दा प्रतिसेयर आम्दानी पनि संकुचन भएको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेकोमा अहिले १२ रुपैयाँ २५ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ छ ।

Logo