भन्सार नाकामा आइपुग्यो नयाँ ईभी स्काइवेल ईटी५

भन्सार नाकामा आइपुग्यो नयाँ ईभी स्काइवेल ईटी५

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ। जी मोटर्सले बिक्री गर्न लागेको नयाँ ईभी स्काइवेल ईटी५ भन्सार नाकामा आइपुगेको छ। ईटी५ को केही यूनिट रसुवा भन्सारमा आइपुगेको र केही दिनपछि बिक्री सुरु गरिने कम्पनीले जनाएको छ।

स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यसममा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ हुने जानकारी पहिल्यै सार्वजनिक भइसकेको छ।

जी मोटर्सले गत भदौ महिनामा सम्पन्न नाडा अटो शोमा स्काइवेलको स्टल राखेर यसको बुकिङ खुल्ला गरेको थियो । नेपाली बजारमा सबैभन्दा बढी रेन्ज अर्थात सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको स्काइवेल ईटी५ करिव तीन दर्जन युनिट बुकिङ भएको दावी गरिएको छ।

Skip This
Skip This
Logo