रोयल​ इन्फिल्ड लेडी राइडर्स् रोड सेफ्टी राइड ट्रेनिङ सम्पन्न

रोयल​ इन्फिल्ड लेडी राइडर्स् रोड सेफ्टी राइड ट्रेनिङ सम्पन्न

केन्द्रबिन्दु
9
Shares

काठमाडाैँ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्ड लेडी राइडर्स रोड सेफ्टी राइड ट्रेनिङ आयोजना गरेको छ । सो ‘गेट टुगेदर एन्ड रोड सेफ्टी ट्रेनिङ’ कार्यक्रममा २१ लेडी राइडर्सको सहभागिता रहेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा रोयल इन्फिल्डका क्लासिक ३५०, हन्टर ३५०, मेटियर ३५० र स्क्राम ४११ मोडल बिक्रीका लागि उपलब्ध छन् । अल्फा अटोमोटिभले नेपालमै रोयल इन्फिल्ड बाइक एसेम्बल गरिरहेको छ ।

कार्यक्रमको मुख्य उद्देश्य सुरक्षा जागरूकता, व्यवस्थित सवारी प्रवर्द्धन, महिला सशक्तिकरण प्रेरणा समावेश र मोटरसाइकल पर्यटन प्रवर्धन गर्नु रहेको बताइएको छ।

ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु र रोयल इन्फिल्ड टिमको तर्फबाट राइडर्सलाई रोड सेफ्टी ट्रेनिङ प्रदान गरिनुका साथै अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

Skip This
Skip This
Logo