एनआईसी एशिया बैंकको दाबी- कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा सर्वोत्कृष्ट छाैं

एनआईसी एशिया बैंकको दाबी- कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा सर्वोत्कृष्ट छाैं

केन्द्रबिन्दु
12
Shares

एनआईसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंक उत्कृष्ट रहेको दाबी गरेको छ ।

बैंकले संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित तथा असत्य रहेको व्यहोरा स्पष्ट पार्दै आफ्ना मुख्य सूचकांकहरू(सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा सबै वाणिज्य बैंकहरूमध्ये उत्कृष्टमा पर्दै आएको दाबी गरेको हो ।

कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको र प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको बैंकको दाबी छ ।

बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको तथ्य सगौरव जानकारी गराउँदछौं ।’

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, ‘ओभरअल फाईनान्सियल इन्डिकेटरस’ मा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्दै गएको बैंकले उल्लेख गरेको छ ।

Skip This
Skip This
Logo