काठमाडौं,
राष्ट्रिय वाणिज्य बैकले सिंहदरबारमा आफ्नो शाखा विस्तार गरेसँगै बैंकले सिंहदरबार परिसरभित्र एटीएम बुथ र एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संसद सचिवालय परिसरभित्र सञ्चालन गरिएको एक्सटेन्सन काउन्टरबाट सेवा दिने बैंकको लक्ष्य रहेको बताए ।
लामो समयदेखि पर्खाइमा रहेकाले बैंकको शाखा सञ्चालनमा ढिलाइ भएको र ६ महिनाभित्र बैंकमा देखिएका समस्या समाधान गरिने बताइएको छ ।
सोमबार सभामुख कृष्णबहादुर महराले बैंकको एटीएम बुथ र एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । यसले राष्ट्रिय वाणिज्य बैंकबाट कारोबार गर्नका लागि सहज वातावरण बनेको सभामुख महराले बताए ।





























प्रतिक्रिया