काठमाडौँ,
राजस्व अनुसन्धान विभागले आजदेखि ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ’ सिस्टम संचालन गर्दैछ । यस सिस्टम अनुसार अबदेखि एक ठाउँबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण राजस्व अनुसन्धान विभागको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’ मा आधारित केन्द्रीय सूचना प्रणालीमा समावेश गरेर मात्र ओसारपसार गर्न पाइने छ । यो सिस्टम प्रभावकारी हुने सरकारले दाबी गरेपनि यसमा धेरै प्राविधिक कमजोरीहरु देखिएका छन् ।
राजस्व चुहावट रोक्नका लागि साउन १ गते (आज) देखि कार्यान्वयनमा ल्याउन लागेको ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ’ सिस्टम प्रभावकारी रहे पनि आर्थिक अपराध र सामान तस्करी भने नरोकिने देखिएको छ ।
एक ठाउँबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण राजस्व अनुसन्धान विभागको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’ मा आधारित केन्द्रीय सूचना प्रणालीमा समावेश गरेर मात्र ओसारपसार गर्नुपर्ने प्रावधानमा भन्सार एजेन्ट र ढुवानी व्यवसायीले विगतमा भन्दा फरक शैलीको आर्थिक अपराध अपनाउन सक्ने अनुमान गरिएको छ ।
आर्थिक पारदर्शितामा रहने आयात–निर्यातकर्ता, उद्योगी, वितरक तथा थोक बिक्रेता यो प्रणालीप्रति सकारात्मक देखिए पनि अवैध प्रकृतिमा सक्रिय भन्सार एजेन्ट र ढुवानी व्यवसायीबाट आर्थिक अपराध र तस्करी नरोकिने देखिएको हो ।
राजमार्गमा राजस्व चेक प्वाइन्ट नभएपछि बिगतमा जस्तो संगठित तस्करी नभई एक्लाएक्लै एजेन्ट र तस्कर आफैंले ट्रान्सर्पोटलाई प्रलोभनमा पारी ढुवानी भाडा दोब्बर तेब्बर दिएर सिस्टममा कम काटिएको प्रज्ञापनपत्र इन्ट्री गरी अवैध बाटोबाट ल्याइएका बिना बिलका इन्ट्रीनै नगराई बढी परिमाण लोड गराउने प्रवृद्धि बढ्ने प्रसस्त आधार छ । वीरगन्जमा भने कतिपय तस्करकै ट्रान्सर्पोट सञ्चालनमा रहेको समेत राजस्व अनुसन्धान कार्यालयका उच्च स्रोतले बतायो ।
खुला सिमाना, अवैध भन्सार एजेन्टको समूह, ढुवानी व्यवसायी, ट्रान्सर्पोटको इमान्दार प्रस्तुति नभएसम्म यो प्रणालीमा तस्करी र आर्थिक अपराध नहोला भन्न सकिन्न । ‘सफ्टवेयर’ प्रणाली सुरु भएपछि देशभरका राजस्व अनुसन्धानका चेक पोस्टहरू नरहने हुँदा विभागको भित्री र बाह्य उच्च प्रकारको चेकिङ प्रणाली, विभागका सुराकी र राजस्व कर्मचारीमा इमान्दारिता प्रष्ट नभएसम्म आर्थिक अपराध रोकिने नदेखिएको विश्लेषक कृष्ण सिग्देलले बताए ।
कारोबारबाट































प्रतिक्रिया