विद्यालयलाई एक करोड सहयोग जुट्यो

विद्यालयलाई एक करोड सहयोग जुट्यो

केन्द्रबिन्दु
6
Shares

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख भन्दा बढी आर्थिक सहयोग जुटेको छ। दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्वशिक्षक, विद्यार्थी र शुभचिन्तकको पूनःमिलन अभियान मार्फत सो रकम सङ्कलन भएको हो।

विसं २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणी सापकोटाले रु नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिए।

सङ्कलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उनले बताए। गाउँकै विद्यालयमा दश जोड दुईको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नुपर्ने समस्या हटेको छ।

दुई सय ४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म दुई सात जनाबाट सहयोग प्राप्त भएको छ। बेनी नगरपालिका–४ बास्कुना घर भई हाल न्युजील्याडमा रहेका लालबहादुर केसीले सबैभन्दा बढी रु. २५ लाख सहयोग गरेका छन्।

Skip This
Skip This
Logo