आँधिखोला लघुवित्त वित्तीय संस्थाले ३ लाख ७५ हजार कित्ता शेयर बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले सोमबार बिहान शेयर बाडफांड गरेको हो ।
३ लाख ४१३ जना आवेदकमध्ये ३७ हजार ५ सय जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो । २ लाख ६३ हजार ४ सय २२ आवेदक हातखाली भएका छन् । आइपीओमा ५७९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ ।
लघुवित्तले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।































प्रतिक्रिया