काठमाडौँ,
कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरुको ई–उद्घाटन सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंकका संचालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज. ब. राणाज्यूले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिबाट ई–उद्घाटन मार्फत सम्पन्न गर्नु भयो ।
बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाईल प्रविधिबाट विद्युतिय उद्घाटन चाहिँ बैंकको केन्द्रिय कार्यलयबाटै सम्पन्न भएको हो ।





























प्रतिक्रिया