एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प २०२४ आजदेखि

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प २०२४ आजदेखि

केन्द्रबिन्दु
24
Shares

सबै मौसमका लागि एलजी ए.सी. नाराका साथ अघि बढिरहेको अन्तर्रास्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक अफर ल्याएकाे छ ।

कम्पनीले आज चैत्र १ गते देखि सिमित अवधिको लागि “नि:शुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प” योजना अघि सारेको हाे । यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको ए.सी.मा नि:शुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.मा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन् ।

ग्राहकहरुले कम्पनीकै साइटमा गई आफ्नो पुरानो ए.सी. को मूल्याङ्कन आफैं पनि गर्न सक्नेछन् ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ। रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन। यस याेजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको ए.सी. खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ ।

साथै ग्राहकहरुले नयाँ ए.सी.मा रु.४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन् । नयाँ एलजीको ए.सी.हरुमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo