हिमालयन बैंकको ५९ औं शाखा सुकेधारामा

हिमालयन बैंकको ५९ औं शाखा सुकेधारामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

हिमालयन बैंकले काठमाडौं महानगरपालिका- ४, सुकेधारामा ५९ औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले गर्नुभयो ।

सो अवसरमा उहाँले नेपालको आधुनिक बैंकिङ क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दो र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालयमार्फत हिमालयन बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैयमासको अन्त्यसम्ममा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख रुपियाँ निक्षेप संकलन गरी कर्जा सापटको रुपमा उत्पादनशील व्यावसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा २ अर्ब ८६ करोड ५४ लाख सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको एटीएम संख्या १२० र विप्रेषण भुक्तानी काउन्टर १३ हजार ५ सयभन्दा बढी रहेको छ ।

Logo