राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दै, प्री–बजेट देखि राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगतिबारे छलफल गर्ने कार्यसूची

राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दै, प्री–बजेट देखि राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगतिबारे छलफल गर्ने कार्यसूची

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्र्तगतका तीन विषयगत समितिको बैठक आज बस्ने भएको छ । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, रक्षा मन्त्रालयबाट भए गरेका काम कारबाही र भावी कार्यदिशाबारे समितिमा छलफल गर्दैछ । यस्तै, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्या तथा रक्षा मन्त्रालयको समितिसँगको अपेक्षालगायतका विषय समितिले छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले अर्थ मन्त्रालय,राष्ट्रिय योजना आयोज र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आगामी बजेट २०८१ निर्माणका सम्बन्धमा पूर्व बजेट निर्माणबारे छलफल गर्दै छ ।

यस्तै, विधायन व्यवस्थापन समितिले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची उल्लेख गरेको छ ।

Logo