४ सयले बढ्यो सुन, कति छ आजको मूल्य ?

४ सयले बढ्यो सुन, कति छ आजको मूल्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो । यो हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको छ ।

गत हप्ता आइतबार २ सयले घटेको थियो । सोमबार १ सयले घटेको थियो । मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुन बुधबार १ हजार ६ सयले घटेको थियो । यस्तै विहिबार ९ सय रुपैयाँले घटेको थियो । शुक्रबार सुनको मूल्य स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९३ हजार ५०० सय र तेजाबी सुनको मूल्य ९३ हजार ५० कायम रहेको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला २५ रुपैयाँले बढ्दै १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo