रोयल इन्फिल्ड पोकर रन लाग्याे पोखरातर्फ

रोयल इन्फिल्ड पोकर रन लाग्याे पोखरातर्फ

केन्द्रबिन्दु
28
Shares

नयाँ वर्ष २०८१ को अवसर पारेर रोयल इन्फिल्ड राइडरहरु सहभागी पोकर रन पोखरातर्फ लागेको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सीईओ नन्दिनी लाहे थापा र रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पौडेललगायतले पोकर रनका राइडरहरुलाई विदाई गरेका हुन् ।

स्याक्रेड समिट्सको आयोजनामा सुरु भएको पोकर रनमा राइडरहरुले करिव २०० किलोमिटरको दुरी पार गरी पोखरा पुग्नेछन् । उनीहरुलाई लेकसाइडस्थित होटल ल्यान्डमार्कमा त्यो रातको बास, गाँस र चास अर्थात मधुशाला, पार्टी र मनोरञ्जनको व्यवस्था हुनेछ । साथै यो यात्रामा पोकर खेल पनि खेलाइनेछ ।

पोकर खेलमा पाँच पत्ति तास हातमा लिएर अनेकौ दाउ बनाउन सकिन्छ । पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एकएक पत्ति तास तान्ने मौका प्रदान गरिन्छ । अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ति तास मिलाउदा जसको दाउ सबैभन्दा ठुलो हुन्छ, त्यो नै त्यस कार्यक्रमको विजेता मानिन्छ र उसलाई विभिन्न कम्पनीद्वारा प्रायोजित विशेष उपहार प्रदान गरिने कम्पनील् जनाएकाे छ ।

कार्यक्रममा सहभागीहरुलाई विभिन्न प्रकारका रोचक पुरस्कारको समेत व्यवस्था गरिने छ । यसमा बेस्ट पोकर ह्यान्ड, बेस्ड इन्फिल्ड अवार्ड, सपोर्टिङ वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लङ डिस्टेन्स राइडर र यात्रा अवधिभर धेरै दुःख दिने मोटरसाइकललाई हार्ड लक अवार्ड प्रदान गरिने छ ।

कार्यक्रममा सहभागी राइडरहरुले पोखराको संघ अन्नपूर्ण बाल गृहमा गएर विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेकाे छ ।

Logo