सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

केन्द्रबिन्दु
420
Shares

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। साेमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ रहेकाे थियो।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदी ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबार चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

Logo