सांग्रिला बैंक र बंजी नेपालबिच सम्झौता

सांग्रिला बैंक र बंजी नेपालबिच सम्झौता

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बंजी नेपाल एडभेन्चर प्रालि बिच सम्झौता भएको छ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा-१७मा रहेको बंजी नेपाल एडभेन्चबिच बैंकका ग्राहकलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको हो।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरका तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन्।

सम्झौतानुसार सांग्रिला बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंजी नेपाल एडभेन्चरमा गई एकल बंजी गर्दा १ हजार र जोडी बंजी गर्दा १५ सयसम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

Logo