चर्चा कमाउँदै अशोक लेल्यान्डको भाइकिङ बस

चर्चा कमाउँदै अशोक लेल्यान्डको भाइकिङ बस

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । अशोक लेल्यान्डको भाइकिङ बसले नेपालमा चर्चा कमाएको छ। उत्कृष्ट विशेषता र प्रदर्शनका कारण अशोक लेल्यान्डलाई नेपालको अटोमोटिभ क्षेत्रमा अग्रपंक्तिमा राख्दै भाइकिङ बस धेरै ग्राहकको रोजाइमा पर्न सफल भएको छ।

भाइकिङ बस यसको असाधारण फिचरका कारण धेरै ग्राहकका लागि मनपर्ने भएको र यसले अन्य बसहरूको तुलनामा २० प्रतिशत बढी माइलेज दिने कम्पनीको दाबी रहेको छ। जसले गर्दा व्यवसायीलाई धेरै इन्धन बचाउन र समग्रमा पैसा बचाउनमा यसले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ।

भाइकिङ बसको सफलताको अर्को महत्वपूर्ण कडी यसमा भएको एच–सिरिज हिनो इन्जिन र एड्भान्स्ड जेडएफ ६–स्पिड जर्मन गियरबक्स रहेको र जसले गर्दा बस सबै प्रकारका सडकहरूमा स्मुथ रुपमा पावरफुल तरिकाले चल्न सक्ने बताइएको छ।

Logo