प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक र वन्डर्स नेपाल प्रालिबिच दुई पक्षीय समझदारी भएको छ।

प्रभु बैंकको तर्फबाट प्रमुख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्यसहित गरेको सम्झौताअन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीले उक्त सुविधा दुई वर्षसम्म उपयोग गर्न पाउने बताइएको छ।

सम्झौतानुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले कमलादीस्थित् वन्डर्स नेपालको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने र छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने बैंकले जनाएको छ।

प्रभु बैंकले यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौता देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरलगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारि गराएको छ।

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरन्जन लिन सकिने बताइएको छ।

प्रभु बैंकका नेपालभर ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैकिङ्ग तथा वित्तिय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बैंकले जनाएको छ।

Logo