दुग्ध विकास संस्थानले माग्यो महाप्रबन्धक पदका लागि दरखास्त

दुग्ध विकास संस्थानले माग्यो महाप्रबन्धक पदका लागि दरखास्त

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। दुग्ध विकास संस्थान (डिडिसी)ले महाप्रबन्धक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। डिडिसीले आज एक सूचना जारी गरी २१ दिनको समय दिएर महाप्रबन्धक पदका लागि दरखास्त मागेको हो।

दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। योग्यता पुगेका नेपाली नागरिकहरूले कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ।

महाप्रबन्धक पदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारकी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७६ (संशोधन सहित)को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तर/व्यवस्थापनको हैसियतले कम्तिमा दस वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

Logo