धनुषाबाट १५२ बोरा प्याज र ३२ वटा मोबाइल बरामद

धनुषाबाट १५२ बोरा प्याज र ३२ वटा मोबाइल बरामद

केन्द्रबिन्दु
42
Shares

धनुषा। धनुषामा एक ट्रक प्याज र ३२ थान मोबाइल बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको हो।

शहिदनगर नगरपालिका-२ तीनकोरिया वीरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रकसहित प्याज नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ। शंकास्पद देखिएपछि प्याजसहित ट्रक नियन्त्रणमा लिएकाे थियाे। प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ।

यस्तै, सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो मुसहरनिया गाउँपालिका–६ स्थित मरघटियाबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको हो।

मोटरसाइकलमा ल्याउँदै गरेको मोबाइलको मूल्य ५ लाख ३५ हजार र मोटरसाइकलको १ लाख मूल्य कायम गरी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

Logo