नेपाल लाइफ इन्स्योरेन्सद्वारा २३औं वार्षिकाेत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २३औं वार्षिकाेत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

केन्द्रबिन्दु
36
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३औं वार्षिकाेत्सवको अवसर पारेर बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाडौंको कमलादीमा शुक्रबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

बुवा केयरसँगको सहकार्यमा आयोजित उक्त स्वास्थ्य शिविर शनिबारसम्म चल्नेछ । स्वास्थ्य शिविरमा आजैदेखि आफ्नो स्वास्थ्य परिक्षण गर्नको लागि विभिन्न स्थानका बीमित, आम नागरिक, नेपाल प्रहरी, अभिमर्ता लगायत कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको छ ।

सो अवसरमा कम्पनीका सीईओ पराजुलीले सम्पूर्ण बीमित, कर्मचारी तथा कम्पनीका मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले आज ३०० सयभन्दा धेरै मानिसहरुले निःशुल्क स्वास्थ्य चेकजाँच गरेको बताए । यस्तो कार्यक्रमहरु संचालन गर्दा बिमित कम्पनीसँग जोडिएका मानिसहरुसँग अझै नजिक हुन पाएको पनि उनको भनाई छ ।

कम्पनीले आजदेखि आफ्नो २३औं वार्षिकाेत्सव देशभर सामाजिक उतरदायित्व अन्तर्गतका निःशुल्क स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम गरी मनाइरहेको छ । कम्पनीले धनगढी उपमहानगरपालिकालाई हरित गृह निर्माणको लागि पाँच लाख रुपैयाँसमेत सहयोग गर्ने निर्णय गरेको छ ।

Skip This
Skip This
Logo