‘देशको आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य व्यवसाय अपरिहार्य’ -मन्त्री तामाङ

‘देशको आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य व्यवसाय अपरिहार्य’ -मन्त्री तामाङ

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले देशको आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य व्यवसाय अपरिहार्य भएको बताएका छन् ।

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तामाङले विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टीलजन्य व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै देशको आर्थिक विकासमा योगदान पुग्न सक्ने बताए । उनले पूर्वाधारको विकास नभएसम्म देशको आर्थिक विकास नहुने भन्दै ग्रील तथा स्टील उद्योगहरुको संरक्षण र प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

उनले भने, ‘दिनदिनै शहरीकरण बढ्दो छ आधुनिक भवन र पूर्वाधार निर्माण कार्य तीब्र रुपमा भइरहेको छ । पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टील उद्योगहरुको भविष्य उज्जवल छ । निराश र विचलित नभइ अगाडि बढ्नुस यो व्यवसायको भविष्य उज्जवल छ ।’

ग्रील तथा स्टील उद्योग र व्यवसायीहरुको हितको लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रमहरु कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा सम्बन्धित विभागीय मन्त्रीहरुसँग छलफल गरि समस्या समाधानको बाटो खोज्न आफुले पहल गर्ने उनको भनाइ छ ।

मन्त्री तामाङले लाखौं श्रमशक्तिलाई नेपालमै राखेर यो व्यवसायले देशलाई योगदान दिएकोले राज्यले पनि यो व्यवसायप्रति गम्भीर भएर सोच्नुपर्ने बताए ।

Logo