चिया किसान ठगिएको गुनासो, समस्या समाधान नभए आन्दोलन

चिया किसान ठगिएको गुनासो, समस्या समाधान नभए आन्दोलन

केन्द्रबिन्दु
42
Shares

इलाम । हरियो चियापत्तीको मुना टिपाइको सिजन सुरु भएसँगै किसान ठगिने गरेको गुनासो आउन थालेका छन् । सिजन सुरु भएपछि विभिन्न वहानामा ठगिनुपरेको किसानहरुको गुनासो छ ।

इलामको सूर्योदय नगरपालिकामा रहेका किसानहरुले ठगिका विरुद्ध संघर्ष गर्ने घोषणा नै गरिरहेका छन् । सक्रिय किसान तारा नेपालको अगुवाइमा सबै तहका सरकारलाई ज्ञापन पत्र बुझाइसकिएको छ ।

एक सघर्ष समिति बनाइ स्थानीयदेखि केन्द्र सरकारसम्मको ध्यानाकर्षण गराउन सात बुँदे ज्ञापन पत्र बुझाइएको नेपालले बताए । कहिले गुणस्तरको नाममा, कहिले अर्गानिकको नाममा, कहिले मूल्य निर्धारणको नाममा किसानलाई मारपर्ने काम भइरहेको उनले बताए ।

८० प्रतिशत चिया किसान रहेको सुर्योदय नगरपलिकामा किसानको रोजीरोटीमै समस्या आउने परिस्थिति बनेको उनीहरुको भनाइ छ । चिया समस्याबारे दिगो सामाधान गर्न राखिएका मागहरु बेवास्ता गरे आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

किसान संघर्ष समितिले हरियो चियाको कार्यविधि सच्याइ अन्तरजिल्ला र भारतमा खुल्ला रुपमा बेच्न पाउनुपर्ने, विषाधीरहित बालिनाली र विषादीरहित चियाको विकल्प दिन,अर्गानिक परीक्षणको लागि ल्याबको व्यस्था गर्न, व्यवसायी, उद्योगीले पनि अर्गानिकिकरण गरी गुणस्तरीय बन्नुपर्ने, टी एसोसिएसनले अनावश्यक झमेला लगाउने गरेकाले त्यसलाइ रोक्न माग गरेका छन् ।

उनीहरुले तीन दिनको अल्टिमेटम सहितको ध्यानाकर्षण गराएका छन् । सूर्योदय नगरप्रमुखसँग सम्बन्धित विषयमाथि छलफल गर्ने तयारी गरिरहेको अगुवा किसान नेपालले जानकारी दिए ।

Logo