नेपाल लाइफको २३औँ वार्षिकोत्सव सम्पन्न

नेपाल लाइफको २३औँ वार्षिकोत्सव सम्पन्न

केन्द्रबिन्दु
56
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २३औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ।

वार्षिकोत्सवको अवसरमा देशका १२ स्थानमा रक्तदान, १८५ वटै शाखामा वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गरि मनाएको हो।

कम्पनीले रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको दमकमा ३९, मधेस प्रदेशको वीरगञ्जमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणघाटमा ४३, हेटौंडामा ३२, ललितपुरमा ३८ र काठमाडौँमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८, सुदूरपश्चिमको महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको कम्पनीले जनाएको छ।

यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको छभने कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्याङ्की प्रदान गरेको कम्पनीले जनाएको छ।

यस्तै, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोपणका निम्ति रु ५ लाख को आर्थिक सहयोग तथा कम्पनीले आफ्ना १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सबै सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन्।

Logo