माइडिया ब्रान्डका फ्यान नेपाली बजारमा

माइडिया ब्रान्डका फ्यान नेपाली बजारमा

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले ऊर्जा बचत गर्दै घरलाई चिसो र आरामदायी राख्न डिजाइन गरिएको फ्यान नेपाली बजारमा उपलब्ध गराएको छ।

उक्त फ्यान नेपालभर आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मूल्यमा उपभोक्ताले खरिद गरि लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ। साथै, नयाँ बर्ष २०८१को अवसरमा माइडीया ब्रान्डको फ्यान खरिद गरेर हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड वाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ।

माइडियाको वाल फ्यानसँग तीन भिन्न गतिस्तर र एक अक्सिलेसनको विशेषताको साथ परिवर्तित हावा प्रवाहको अनुभव गर्न सकिने छ। जसले हावा प्रवाहको दिशाको एक फराकिलो दायरा सुनिश्चित गर्दछ। सुविधाजनक सञ्चालनको लागि बहुकार्यात्मक रिमोट कन्ट्रोल रहेको यो फ्यानले थप सुविधाको लागि ७.५ घण्टा प्रोग्राम गरिएको टाइमर र अतिरिक्त-ठूलो एलईडी डिस्प्ले पनि प्रदान गर्दछ। २ वर्षको वारेन्टीको साथ ग्राहकहरूले हरेक खरिदमा गर्ब महशुस गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले वाल फ्यान, स्ट्यान्ड फ्यान र टेबल फ्यान टु इन वान बिक्री वितरण गर्दै आएको छ। यी फ्यान दिगोपनप्रति प्रतिबद्धता अनुरूप बिजुलीको बचत हुने ढङ्गले डिजाइन गरिएको कम्पनीको भनाइ छ।

Logo