डिजिटलाइजेशनमा एनआईसी एशिया बैंकले यसरी मार्दै छ फड्को [भिडियाेसहित]

डिजिटलाइजेशनमा एनआईसी एशिया बैंकले यसरी मार्दै छ फड्को [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

उच्चस्तरीय प्रविधिको विकाससँगै हात हातमा भएका स्मार्टफोन मार्फत् छिटो र छरितो ढंगले सहज पहुँचका आधारमा बैंकिङ सेवा विस्तार भइरहेको छ । घण्टौं हिँड्नु पर्ने बाध्यता मात्र हैन बैंकमा लामो समय कुर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्दै एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई गाउँ गाउँसम्म पुर्याएको छ ।

एनआईसी एशिया बैंकले ‘डिजिटल बैंकिङ’ प्रणालीलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । डिजिटल कारोबारले छलाङ मारिरहेको अवस्थामा अहिले भौतिक रूपमा बैंकको शाखा कार्यालय धाउनेहरूको कमी हुन थालिसकेको छ ।

घण्टौं हिँड्नु पर्ने बाध्यता मात्र हैन बैंकमा लामो समय कुर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्दै एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई गाउँ गाउँसम्म पुर्याएको छ ।

अहिले प्रयोगकर्ताहरूले अधिकतम सेवाहरू डिजिटल अर्थात् ‘भर्चुअल’ बैंकिङ माध्यमबाट लिने गर्छन् । यस्तो अवस्थामा ग्राहकलाई सरल र विश्वसनीय सेवा प्रवाह गर्नको लागि बैङ्कहरूलाई चुनौती पनि उत्तिकै छ । एनआईसी एशियाले चुनौतीका बाबजुद पनि डिजिटल बैंकिङमार्फत उत्कृष्ट सेवाप्रदान गरेर ग्राहकको मन जितिरहेको छ ।

प्रविधिले फड्को मार्दै गर्दा एनआईसी एशिया बैंकले भौतिक रूपमा उपस्थित नभई ग्राहकले आफ्नो सहज ठाउँमा रही बैंकिङ कारोबार लिन सक्ने ‘भर्चुअल’ बैंकिङ प्रणालीमा बढी जोड दिइरहेको हो । यस्तै भर्चुअल बैंकको सेवा विस्तारमा बैंकले नवीनतम प्रविधिमा आधारित मोबाइल बैंकिङ ’एनआईसी मो बैंक’ ग्राहकहरू माझ ल्याई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

एनआईसी एशिया बैंकको मोबाइल बैंकिमा एडिसनल फिचर समावेश भएकाले यस सेवा प्रति ग्राहकहरूको क्रेज बढ्दै गएको देखिन्छ ।

एनआइसी एशियाको मोबाइल एप ‘एनआइसी मो बैंक ’ग्राहकमाझ लोकप्रिय छ । यस एप झण्डै १२ लाख पटक डाउनलोड भइसकेको छ । एन्ड्रोइड र आइफोनमा उपलब्ध मोबाइल एप (मोबैंक) मा विभिन्न आकर्षक फिचरहरू छन् । बैंकिङ कारोबारलाई पूर्ण डिजिटल प्रविधिमा लैजान प्रयासरत यस बैंकले करिब ९५ प्रतिशत सेवा डिजिटलबाट गरिरहेको जनाएको छ ।

देशका विभिन्न स्थानमा ३६० वटा शाखा रहेको एनआईसी एशिया बैंकले सहज सेवा विस्तारमा उतिकै केन्द्रित छ । २५ लाख ४१ हजार बढी यो बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ता छन् । एनआईसी एशिया बैंकको मोबाइल बैंकिमा एडिसनल फिचर समावेश भएकाले यस सेवा प्रति ग्राहकहरूको क्रेज बढ्दै गएको देखिन्छ ।

समग्र वाणिज्य बैंकको तुलमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १६ लाख २२ हजार भन्दा बढी छ । एनआईसी एशिया बैंकले पछिल्लो समय कार्डबिनै एटिएमबाट रकम झिक्न सकिने सुविधा सेवाग्राहीलाई उपलब्ध गराएको मात्र हाेइन, मोबाइल टपअप, अनलाइन टिकेटिङ, गुनासो सुनुवाईको सुविधा दिइरहेको छ ।

बैंकका देशका विभिन्न स्थानमा ६७० वटा एटिएम रहेको यसमा बैंकको ग्राहक संख्या ४१ लाख ७ हजार बढी रहेका छन् । मोबाइल बैंकिङ डिजिटल माध्यमको प्रयोग गरी ग्राहकहरूलाई सुरक्षित गरिएकाले बैंकिङ कारोबार गर्न सहज होस भनेर एटिएममा पनि यस्तो सुविधा ल्याएका हो ।

आईसर्भ डिजिटल सेवा भित्र्याउने पहिलो बैंक पनि हो एनआईसी एशिया बैंक । यो सेवामार्फत तपाईंलाई विभिन्न बैंकिङ सेवाहरू जस्तै मोबाइल बैंकिङ, कार्ड सेवा, ग्राहक हेरचाह, टेलर सेवाका साथै अन्य बैंकिङ सेवाहरू तपाईंको सुविधामा जुनसुकै समयमा प्राप्त गर्न सहज बनाउँछ । यहीँ प्लेटफर्ममार्फत एनआईसी एसिया बैंकले ४ विधाभित्र रहेर २० वटा विभिन्न सुविधाहरू सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको छ ।

आईसर्भ डिजिटल सेवा भित्र्याउने पहिलो बैंक पनि हो एनआईसी एशिया बैंक ।

आगामी दिनमा बढीभन्दा बढी डिजिटल सेवा उपलब्ध गराएर डिजिटलमा पहिलो बैंक बन्ने योजनामा रहेको एनआईसी एशियाले जुनसुकै स्थान र समयमा बैंकिङ्ग सेवा उपलब्ध गराउन आईसर्भ डिजिटल सेवा सेवाग्राहीसम्म पुर्याएको बताएको छ । बैंकले भौतिक रूपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रूपमा उपभोग गर्न मिल्ने गरी सेवाहरू अनलाइनमार्फत लिन सकिने सुविधा एनआईसी एशियाले उपलब्ध गराएको छ ।

त्यसैगरी, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार बैंकले गरिरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । जसमार्फत देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकिङ सेवा प्रवाह गर्न बैंक सफल भएको छ ।

Logo