माइडिया वाईफाई रेफ्रिजेरेटर नेपाली बजारमा

माइडिया वाईफाई रेफ्रिजेरेटर नेपाली बजारमा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ। नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ।

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एमस्मार्टहोम एप मार्फत वाईफाई कनेक्टिविटी मार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको र अफिस या घुम्न गएको बेला या घर बाहिर भएको बेलापनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनिले बताएको छ।

इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेकामाइडिया वाईफाई रेफ्रिजेरेटरले उर्जाको सहि उपयोग र बिजुलीको लागत घटाउँदै खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्ने र एक्सप्रेस कुलिङ सर्कलले मनपर्ने पेय पदार्थ र परिकारहरूको तत्काल आनन्द लिनको लागि चाडै चिस्याउने सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरुलाई आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा छ।साइड वाई साइड ४८२ लिटर क्षमता र मल्टिडोर ५१९ लिटर क्षमतामा रहेको कम्पनीले वताएको छ। नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्ष सम्मको वारेन्टी दिइएको छ।

नेपाल भर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मुल्यमा उपभोक्ताले खरिद गरि लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ। साथै नयाँ बर्ष २०८१को अवसरमा माइडीयब्रान्डको रेफ्रिजेरेटर खरदि गरि हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड वाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ।

Logo