डीस होमले टी-२० क्रिकेट र युरो कप २०२४ लक्षित गर्दै १५ शहरमा रोड-शो गर्ने

डीस होमले टी-२० क्रिकेट र युरो कप २०२४ लक्षित गर्दै १५ शहरमा रोड-शो गर्ने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो कप २०२४ लक्षित गर्दै १५ शहरमा रोड-शो गर्ने भएको छ।

बैशाख २५ गतेबाट सुरू भई रहेको रेडियो अन-व्हील्स रोड-शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचार-प्रसार गर्ने जनाएको छ। सो कार्यक्रममा महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोता रहने उक्त कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्कीजस्ता कलाकारले आफ्नो प्रस्तुति दिनेछन् डीस होमले जनाएको छ।

सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी भई पुरस्कारहरु पनि जित्न सक्ने डीस होमले जनाएको छ। कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुँने रेडियो अन व्हिल बैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते बिराटनगर, ३० गते जनकपुर, ३१ गते बिरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भइ समापन हुने डीस होमले जनाएको छ।

Logo