स्वस्तिक हेल्थ केयर र प्रभु बैंकबीच छुट सम्झौता

स्वस्तिक हेल्थ केयर र प्रभु बैंकबीच छुट सम्झौता

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ललितपुरस्थित् स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्झौता भएको छ।

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो।

एक समारोहका बीच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर भएको हो।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ।

Skip This
Logo