कोका-कोला युथ डायलगको तेश्रो संस्करणः १३६ विद्यार्थीसँग दिगो भविष्यका बारेमा छलफल

कोका-कोला युथ डायलगको तेश्रो संस्करणः १३६ विद्यार्थीसँग दिगो भविष्यका बारेमा छलफल

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका-कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले ‘एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर’ अर्थात दिगो भविष्यका उपायरुको बारेमा छलफल गरेका छन् ।

ग्लोकल प्राईभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति रहेको थियो । सहभागीहरुले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूको बारेमा छलफल गरेका थिए ।

उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यको लागि युवाहरुको सामूहिक र व्यवहारिक कदमहरुको बारेमा छलफल भएको थियो ।

Skip This
Logo