सधैँ ममताले बाँधि राख्ने आमाप्रति समर्पित एनसेलको भिडियो

सधैँ ममताले बाँधि राख्ने आमाप्रति समर्पित एनसेलको भिडियो

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। आफूलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद ग्रहण गर्दै यो दिन मनाइने गरिन्छ ।

आफ्ना सन्तानलाई जस्तोसुकै परिस्थितिमापनि सधैँ मायाको बन्धनले बाँधि राख्ने आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिने हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ यो दिनलाई मातृऔँसी एवं मातृ दिवसपनि भनिन्छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यस पर्वको अवसरमा एनसेलले एक विषेश भिडियो सार्वजनिक गरेको छ । संसार देखाउने आमाको ममताभन्दा गहिरो माया अनि सन्तानलाई हुर्काउने आमाको काखभन्दा प्यारो ठाउँ संसारमै कतै भेटिन्न, पर्व नै हाम्रो परम्परा हो र यसलाई मनैदेखि मनाऔँ, सम्बन्ध सधैँ विशेष बनाऔँ भन्ने सन्देश यो भिडियोले बोकेको एनसेलले जनाएको छ ।

आफूलाई प्राण दिने दिवङ्गत आमाहरुको सम्झनामा आजकै दिन तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गरेर मातृत्वको स्मरण गर्ने प्रचलन रहेको छ।

हेरौँ आमाहरुप्रति समर्पित एनसेलको विशेष भिडियो

Skip This
Logo