राष्ट्रपति पौडेलले युरोप भ्रमण स्थगित गर्दा ५५ लाख स्वाहा, प्रधानमन्त्रीले सके एक करोड बढी [भिडियाे]

राष्ट्रपति पौडेलले युरोप भ्रमण स्थगित गर्दा ५५ लाख स्वाहा, प्रधानमन्त्रीले सके एक करोड बढी [भिडियाे]

केन्द्रबिन्दु
70
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेपछि सरकारले पौडेल जाँदै नगएको भ्रमण खर्चको लागि ५५ लाखभन्दा धेरै रकम गुमाउनुपरेको छ । २०८० कात्तिकमा राष्ट्रपति पौडेलले अन्तिम अवस्थामा युरोप भ्रमण स्थगित गर्दा अर्थ मन्त्रालयले बुकिङ गरेको हवाई टिकट बापतको ५५ लाख २२ हजार रुपैयाँ खर्च भुक्तानी गरेको हो । सो रकम २०८० चैत महिनामा भुक्तानी गरिएको गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा सहभागी हुन राष्ट्रपति पौडेलको युरोप भ्रमण २०८० कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मलाई तय गरिएको थियो । फ्रान्सपछि जर्मनी र इटालीको भ्रमण गरी मंसिर १ गते स्वदेश फर्कने राष्ट्रपति पौडेलको कार्यक्रम थियो । भ्रमणको सम्पूर्ण तयारी भई उक्त देशमा यात्रा गर्ने साथै बस्नको लागि हवाई टिकट र होटल बुकिङ गर्ने काम भने भइसकेको थियो ।

तर, २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि युरोप भ्रमण पौडेलले स्थगित गरेका थिए । सो क्षेत्रमा भूकम्पले ठूलो जनधनको क्षति गरेका बेला पौडेल युरोप भ्रमणमा जान लागेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले आफ्नो युरोप भ्रमण रद्द गरेका हुन् । भ्रमण रद्द गरी उनी भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणमा राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण कार्यक्रमको रद्द टिकट बापतको रकम भुक्तानी गर्ने प्रयोजनार्थ ५५ लाख २२ हजार रुपैयाँ रकमान्तर निकासा गरिएको हो ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को युगाण्डा भ्रमणका क्रममा एक करोड २६ लाख ६० हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा देखिएको छ । प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन नामको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते युगाण्डा गएका थिए । युगाण्डा भ्रमण सकेर ७ गते फर्किएका प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डलको भ्रमण खर्चका लागि उक्त रकम निकासा गरिएको हो ।

Skip This
Logo