बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली यूरोकपमा सहभागी हुँदै

बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली यूरोकपमा सहभागी हुँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११ जना ग्राहकहरुलाई जर्मनीमा हुने ‘यूईएफए यूरो २०२४’ सहभागी गराउने भएको छ । साइमेक्स इंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बीवाईडी गाडी प्रयोगकर्ता ६ जना र गाडी बुक गर्ने ५ जना गरी ११ जनालाई लक्की ड्रमार्फत छनोट गरेको हो ।

कम्पनीले ‘नेपाली अब यूरो कपमा’ योजना अन्तर्गत बीवाईडी गाडी खरिद गर्ने र बुकिङ गर्ने फुटबलप्रेमी उक्त ग्राहकलाई छनोट गरी ‘यूईएफए यूरो २०२४’ सहभागी गराउँदै छ । लक्की ड्रमार्फत श्याम सुन्दर श्रेष्ठ, बिजेन्द्र शाक्य, दिनेश प्याठा, शाश्वत गौतम, डा. ममता क्षेत्री/जगदीश तिमिल्सिना, कविनराज श्रेष्ठ छनोट भएका छन् । यस्तै, लक्की ड्र मार्फत नै सजिना पाण्डेय, अनिस कँडेल, विमल गुरुङ, प्रदीप पौडेल, जयप्रकाश दास पनि छनोट भएका हुन् ।

उनीहरूको लक्की नम्बर क्रमशः ०७४, ०८८, ०२६, ४०७, ३७३, ६५३, ६६२, २००, १६२, २२२ र ६९१ रहेको छ । कम्पनीका अनुसार छनोट भई विजेता बनेका बीवाईडीका ग्राहकहरू जर्मनीमा गई प्रत्यक्ष यूईएफए यूरो–२०२४ को खेलहरू हेर्ने मौका पाउने छन् ।

साइमेक्स इंकका अनुसार ‘नेपाली अब यूरो कपमा’ योजनामा करिव ८०० बीवाईडीका ग्राहकहरूको आवेदन परेको थियो । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ र बीवाईडीका ब्रान्ड एम्बेस्टर तथा कलाकार हरिवंश आचार्यले लक्की ड्रमार्फत सहभागीका नाम निकाल्दै विजेताको घोषणा गरेका थिए ।

कम्पनीले २०८० फागुन १४ गते उक्त स्किमको सार्वजनिक गरेको थियो । सार्वजनिक भएको एक महिनाभित्र गाडी बुकिङ र खरिद गर्नेहरूले नाम टिपाई सक्नुपर्ने उद्घोष कम्पनीले गरेको थियो । सो योजनामा उल्लेख्य ग्राहकको सहभागिता रहेको पनि कम्पनीले जानकारी दिएको छ । यूईएफए यूरोकप २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० विश्व प्रसिद्ध स्टेडियमहरूमा आयोजना हुँदैछ ।

Skip This
Logo