गोल्डन ड्रागनको नयाँ इलेक्ट्रिक माइक्रोबस नेपाली बजारमा, मूल्य कति ?

गोल्डन ड्रागनको नयाँ इलेक्ट्रिक माइक्रोबस नेपाली बजारमा, मूल्य कति ?

केन्द्रबिन्दु
84
Shares

आर्क्स ग्रुपले चीनमा निर्मित गोल्डन ड्रागन ब्राण्डको नयाँ इलेक्ट्रिक माइक्रोबस नेपाली बजारमा भित्र्याएको छ । यसको मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ ।

सो ईभी भ्यानमा ५०.२३ किलोवाट आवरको सीएटीएल ब्याट्री जडान रहँदा सिंगल चार्जमा एनईडीसी अनुसार ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसमा भएको रिजेन स्विचको प्रयोग गरेर राम्रो माइलेज प्राप्त गर्न सकिन्छ ।

१४ जना यात्रु बस्न मिल्ने सो गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ । यसकारण पहाडी सडकमा समेत सहज तरिकाले यात्रा गर्न सकिन्छ । यसमा भएको अलोय ह्विलले यसको पर्फमेन्स र लुकलाई राम्रो बनाएको छ भने गाडीको गतिविधि निगरानी गर्नका लागि एलईडी डिजिटल ड्यासबोर्ड उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसमा ५ वर्ष वा २ लाख किलोमिटर गुड्दा सम्मको वारेन्टी समेत उपलब्ध छ । यो माइक्रोबसलाई केही दिनमै औपचारिक रुपमा सो गाडी लन्च गरिने कम्पनीको भनाई छ ।

Skip This
Logo