स्काइवेल ईटी५ चढ्नेहरु एक सय वर्ष बढी बाँच्ने दाबी

स्काइवेल ईटी५ चढ्नेहरु एक सय वर्ष बढी बाँच्ने दाबी

केन्द्रबिन्दु
84
Shares

स्काइवेल ईटी५ चढ्नेहरु सामान्यतया ३० वर्ष बढी बाँच्ने कम्पनीले दाबी गरेको छ । स्काइवेल ईभी उत्पादन गर्ने स्काइवर्थ अटोका संस्थापक ह्वाङ होङसेङले यी कार चढ्न थालेपछि उच्च रक्तचाप, मधुमेह र अन्य समस्या समेत समाधान हुने र ३० वर्ष बढी बाँच्ने दाबी गरेका हुन् । र यसको अर्थ उनीहरु एक सय वर्ष बाँच्छन् ।

हुन त २०२३ स्काइवर्थ अटोमोबाइल स्प्रिङ टेक्नोलोजी कन्फ्रेन्समा पनि उनले अहिले उद्यमीहरुको आयु १० वर्ष घटिरहेको र स्काइवर्थ कार प्रयोग गरी ३० वर्ष सम्म बढाउन सकिने बताएका थिए ।

ह्वाङको दावीमा कुनै प्रमाण भने छैन । तर पनि स्काइवर्थले बिक्री गरिरहेको स्काइवेल ईभी६ मोडलमा एक्टिभ स्लिप प्रमोसन टेक्नोलोजी भएको र यसले स्लिप क्वालिटी र हेल्थ इन्डिकेटर सहित डिप स्लिप स्टेटमार्फत स्वास्थ्य राम्रो बनाउन सहयोग गर्ने यसको वेबसाइटमा समेत उल्लेख गरिएको छ ।

नेपाली बजारमा जी मोटर्सले स्काइवेल ईटी५ बिक्री–वितरण गरिरहेको छ, यसको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।

Skip This
Logo