नयाँ राइड सेयरिङ एप “जुमजुम” सञ्चालनमा, यस्ता छन् सुविधा

नयाँ राइड सेयरिङ एप “जुमजुम” सञ्चालनमा, यस्ता छन् सुविधा

केन्द्रबिन्दु
15
Shares

नेपाल मोबिलिटी सोलुन्सन्सले गर्वका साथ ‘जुमजुम’ नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ । नेपाल मोबिलिटी सोलुसन्स अन्तर्गत एक ब्रान्डको रूपमा, जुमजुम, आफ्ना ग्राहकहरूको सहज र सुबिधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ प्रस्तुत भएको छ ।

नेपाली कम्पनी, एफवान सफ्ट ग्रुपको विज्ञहरूद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिक मिद्वारा विकसित एप जुमजुमले, नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने अपेक्षा राखेको छ ।

एफवान सफ्ट ग्रुपका सिइओ सुवास शर्माले आफ्नो उत्साह व्यक्त गर्दै भने, “एफवान सफ्टले सधैं डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ, नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ । जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस इकोसिस्टममा समावेश गर्नेछौं ।”

प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुको साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झट–रहित यात्राको अनुभव सुनिश्चित गर्दछ । जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एप भित्र सुरक्षा उपायहरूको साथ यात्रुहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सुविधाहरू-

इसेवामार्फत सजिलो भुक्तानी- जुमजुममा इसेवा डिजिटल वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ जसले यात्रुहरूलाई खुद्रा पैसाको लागि लिनु पर्ने झन्झटबाट मुक्त बनाउँछ । साथै चालकहरूले इसेवार्फत तत्काल भुक्तानीहरू प्राप्त गर्न सक्नुहुनेछ ।

मलटिपल बुकिङ- जुमजुममा विभिन्न गन्तव्यहरूको यात्रा सुव्यवस्थित गर्दै व्यक्ति वा समूहले सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सक्नुहुनेछ ।

गुगल म्याप- जुमजुमसँग आफ्नो सहि गन्तव्य सुनिश्चित गर्नुहोस् । गुगल म्यापमार्फत सही नेभिगेसन र वास्तविक समयको ट्राफिक अपडेटहरूको साथ कुशल मार्ग योजना र प्रयोगकर्ता अनुभव सक्नुहुनेछ ।

बुक फर ए फ्रेन्ड- जुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्नुहुनेछ ।

बिमा कभरेज- बीमा कभरेजले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्दछ । सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालक दुवैका लागि ५ लाख रुपैयाँसम्मको बिमा प्रदान गर्दछ ।

साथै, जुमजुमले चालकहरूको लागि थप आर्थिक अवसरहरू समर्थ गर्दछ, डाइरेक्शनल हायर जस्ता सुविधाहरूमार्फत, चालकहरूलाई उनीहरूको इच्छित यात्रा दिशामा यात्राहरू स्वीकार गर्न अनुमति दिँदै, एउटै दिशामा जाने यात्रुहरूसँगको यात्रा सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ ।

जुमजुमले पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुटको प्रस्तावको साथ यात्रुहरूको लागि अविश्वसनीय बचतमा जोड दिएको छ । थप रूपमा, चालकहरूले एक हजार रुपैयाँ ज्वाइनिङ बोनससहित आकर्षक बोनसहरूबाट लाभ उठाउन सक्छन् ।

प्रारम्भिक दुई हप्ताको लागि शून्य प्रतिशत कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जती धेरै राइड त्यती कम कमिसनको योजना ल्याएको छ, साथै चालकहरू दैनिक बोनस २ हजार रुपैयाँसम्म कमाउन सक्छन् ।

पिक मि श्रीलंकाका सिइओ जिफ्री जुल्फरले भने, “हामी एफवान सफ्ट इन्टरनेसनलसँग हाम्रो उन्नत राइड सेयरिङ प्रविधि नेपालमा ल्याउन पाउँदा उत्साहित छौँ। यो सहकार्यले हाम्रो साझा दृष्टिकोणलाई प्रकाशित गर्दछ जसमा गतिशीलता र जीवनमा सुधार ल्याउन प्रविधिको प्रयोग गरिन्छ । जुमजुमले नेपालमा यातायातमा नयाँ रूप फेर्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

अन्त्यमा, एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले जुमजुमले नेपालको यातायातको परिदृश्यमा क्रान्ति ल्याइरहेको मात्रै नभएर रोजगारीका अवसरहरू सिर्जना गरी हाम्रो अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले भने, “यात्रुहरू र चालकहरू बीचको पारस्परिक रूपमा लाभदायक सम्बन्धलाई बढावा दिने हाम्रो प्रतिबद्धताले जीवन र समुदायहरूको उत्थान गर्ने हाम्रो समर्पणलाई जोड दिन्छ । सँगै, हामी नेपालको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्दै यातायात उद्योगको मापदण्डलाई पुनर्संरचना गर्दै अगाडि बढिरहेका छौँ ।”

Logo