लमजुङको मध्यनेपाल र क्व्होलासाथार जोड्ने सडकमा धमाधम ढलान [भिडियाे]

लमजुङको मध्यनेपाल र क्व्होलासाथार जोड्ने सडकमा धमाधम ढलान [भिडियाे]

केन्द्रबिन्दु
9
Shares

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका र क्व्होलासाथार गाउँपालिका जोड्ने ९ दशमलब ५ किलोमिटर सडक ढलान गरेर स्तरोन्नति गर्न थालिएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको स्थानीय तहको केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने कार्यक्रम अन्र्तगत मध्यनेपाल नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने करपुटार डडुवा गाउँ जोड्ने सडक ढलान गर्न थालिएको हो ।

करपुरटार देखि चिरगुङ मैदान र साउनेपानी डडुवा क्षेत्रमा ४ किलोमिटर सडक ढलान भइसकेको छ । थप सडक ढलान गर्नका लागि फराकिलो, नाली बनाउने र पर्खाल लगाउने कामलाई तिब्रता पाएको छ ।

करपुटार–साल्मेझञ्जाङ–मालिङ–कपुुरगाउँ सडक आयोजनाको कर्पुुटार–डडुवा खण्डमा ढलान गर्न वि.स. वि.स. २०७८ मा रसुवा कन्ट्रक्सनले रु. ३१ करोड २३ लाख ३० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

मार्ग खुलेको करिब २ दशकपछि स्तरोन्नति हुुन थालेको यो सडकको डुडुवा साल्मेझञ्ज्याङ खण्डको १० किलोमिटर रु. १७ करोड ६१ लाखको लागतमा हालै ग्राभेल सकिएको छ ।

साल्मेझञ्ज्याङ– मालिङ र मालिङ–कपुरगाउँ, नाल्मा–कपुरटार खण्डको स्तरोन्नति गर्न यस वर्ष ३ वटा ठेक्का आव्हान भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख बिबेक सिग्देलले बताए । यो सडक स्तरोन्नति हुन थालेपछि स्थानीयबासी उत्साहीत भएका छन् । आवत जावतको समय छोटिएको, यात्रा सहज र सुरक्षित भएको, भाडा घटेको छ । हिलो र धुलोबाट मुक्त भएका छन् ।

मध्यनेपाल नगरपालिका र क्व्लोहासोथार गाउँपालिकाका बासिन्दाका साथै लमजुङका बासिन्दाले प्रदेश राजधानी पोखरा जान आउने वैकल्पिक सडकको रुपमा प्रयोग गर्न मिल्ने भएकाले यो सकलाई रणनीतिक मानिएको छ ।

Logo