काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिनामा सरकारले ९ खर्ब ९ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ । सरकारको खर्च गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा यो १८.७ प्रतिशतले बढी हो ।
९ महिनाको अवधिमा चालुतर्फ ६ खर्ब ४४ अर्ब ३ करोड, पुँजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ६७ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७ खर्ब ४८ अर्ब ४ करोड भएको छ ।
गत आर्थिक वर्षको पहिलो ९ महिनामा १३.४ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.४ प्रतिशतले बढेको छ । यसअन्तर्गत कर राजस्व ६ खर्ब ७१ अर्ब १२ करोड र गैर कर राजस्व ७६ अर्ब ९३ करोड रुपैयाँ परिचालन भएको छ ।
सरकारको नगद मौज्दा सरकारका विभिन्न खातामा ३खर्ब १३ अर्ब ७२ करोड रुपैयाँ छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो































प्रतिक्रिया