काठमाडौं । नयाँ राइड सेयरिङ प्लेटफर्म ‘जुमजुम’ सञ्चालनमा ल्याएको छ। नेपाल मोबिलिटी सोलुसन्सअन्तर्गत एक ब्रान्डको रूपमा ग्राहकको सहज र सुविधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ जुमजुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।
नेपाली कम्पनी एफवान सफ्ट ग्रुपका विज्ञहरूद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिक–मीद्वारा विकसित एप ‘जुमजुम’ले नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकताबमोजिम सुविधा प्रदान गर्ने अपेक्षा लिइएको छ।
प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुमले ड्राइभरहरूका लागि प्रमाणीकरण प्रक्रिया र एपभित्र सुरक्षा उपायहरूको साथ यात्रुहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीको अपेक्षा छ।
यस प्लेटफर्ममा प्रयोगकर्ताले सहजै एकैसाथ धेरै सवारी बुक गर्न सक्नेछन् भने आफ्ना लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरूका लागि पनि सवारी बुक गरिदिन मिल्नेछ।
कम्पनीले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्न यात्रु र चालक दुवैका लागि रु. ५ लाखसम्मको बिमा प्रदान गर्ने जनाएको छ।
जुमजुमले पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुटको प्रस्तावको साथ यात्रुहरूका लागि अविश्वसनीय बचतमा जोड दिएको जनाएको छ। थप रूपमा चालकहरूले १ हजार ज्वाइनिङ बोनससहित आकर्षक बोनसहरूबाट लाभ उठाउन सक्नेछन्।
कम्पनीका अनुसार प्रारम्भिक दुई हप्ताको लागि शून्य प्रतिशत कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जति धेरै राइड त्यति कम कमिसनको योजना छ। साथै चालकहरू दैनिक बोनस हजारसम्म कमाउन सक्ने बताइएको छ।































प्रतिक्रिया