काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ।
आज ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
संघीय संसद् सचिवालयले २:४५ बजेभित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई आग्रह गरेको छ।































प्रतिक्रिया