नयाँ केन्ट सुप्रीम कपर आरओ नेपाली बजारमा

नयाँ केन्ट सुप्रीम कपर आरओ नेपाली बजारमा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभागअन्तर्गतको सब्सिडी कम्पनी ईओएल प्रालिले तामायुक्त केन्ट सुप्रीम कपर मोडल नेपाली बजारमा ल्याएको छ। समयसँगै पानीको गुणस्तर खस्कँदै गएको कारण नेपाली बजारमा नयाँ केन्ट सुप्रीम कपर आरओ ल्याइएको कम्पनीले जनाएको छ।

यसको प्राथमिक कार्य भनेको पानीमा रहेको अशुद्धतालाई कीटाणु शोधन गरी मानव उपभोगको लागि शुद्ध र स्वस्थ बनाउनु रहेको कम्पनीले उल्लेख गरेको छ। शुद्ध पानीको बारेमा कुरा गर्दा आजभोलि कपर आरओ पानी धेरै स्वास्थ्य लाभहरूको कारण मानिसहरूले व्यापक रुचाउने गरेका छन्। यसै विषयलाई ध्यानमा राख्दै केन्टले शुद्ध र स्वस्थ पिउने पानी उपलब्ध गराउन आरओ वाटर प्युरिफायर ल्याएको कम्पनीले दाबी गरेको छ।

भित्तामा झुन्ड्याउन मिल्ने आकर्षक डिजाइनको साथसाथै यो प्युरिफायरमा आरओ प्रविधि छ जसले स्वस्थ र शुद्ध पानी उपलब्ध गराउन आवश्यक प्राकृतिक खनिजहरू यथावत राख्ने कम्पनीले बताएको छ।

साथै, यसको भण्डारण ट्याङ्कीमा पानीलाई ब्याक्टेरिया(मुक्त राख्न र शुद्ध गर्नको लागि युभीएल ईडी लाइटपनि हुन्छ। यो स्मार्ट आरओ वाटर प्युरिफायरमा तामा पनि हुन्छ।

Skip This
Skip This
Logo